गोरखा समाचारदाता
गोरखा – गोरखाको ११ किलो क्षेत्रमा टयाक्टर र मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक घाईते भएको छ ।
आइतबार साँझ ७:३० बजे भएको उत्त र्दुघटनामा परी गोरखा नगरपालिका १० निवासी ५५ वर्षिय कृष्ण अर्याल घाइते भएको हो ।
आँवुखैरेनीबाट गोरखा आउदै गरेको ग. १ त ४६२३ नम्बरको ट्याक्टर र छेवेटारबाट दशकिलो तर्फ जाँदै गरेको ग. ७ प ६५११ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाईते चालक अर्याललाई हिजै साँझ थप उपचारको लागि भरतपुर लगिएको छ । उनको खुट्टामा चोट देखिएको कार्यालयले जानकारी दिएको छ ।
तस्बिर सौजन्य राजेन्द्र न्यौपाने


