गोरखा समाचारदाता
गोरखा – गोरखाको लाकुरीबोटमा सर्पको डसाईबाट १ जनाको ज्यान गएको छ ।
जिल्लाको बारपाक सुलिकोट गाउँपालिका ५ लाकुरीबोटमा गएराती १०ः३० बजेको सुत्न लागेको बेला सर्पको डसाईबाट स्थानिय सेते परियारको ज्यान गएको हो ।
५५ बर्षिय परियारलाई सुत्न लाग्दा सिरानी मुनी रहेको जालमा लुकेर बसेको सर्पले डस्दा ज्यान गएको वडाध्यक्ष गोपालबहादुर गुरुङले बताए।
सर्पले डसे लगत्तै नजिकै रहेको मेडिकलमा उपचार गरिएको थियो । परियारको आईतबार बिहान २ बजे ज्यान गएको वडाध्यक्ष गुरुले जानकारी दिए ।
मेडिकलमा दुखाई कम गर्ने इन्जेक्सन दिएर घरेलु उपचार गरेका थिए । सर्प कुन प्रजातीको हो त्यो भने पत्ता लाग्न सकेन ।
साँकेतिक तस्बिर


