गोरखा समाचारदाता
गोरखा – गोरखा क्याम्पसमा रहेको क्वारेन्टाइन सहितको आइसोलेसन केन्द्रबाट ३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
जिल्लाको अजिरकोट, भीमसेन थापा र सिरानचोक गाउँपालिकाका ३ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।
केन्द्रले आज एक सूचना जारी गर्दै अजिरकोटका २० बर्षिय पुरुष, भीमसेन थापा ३० बर्षिय पुरुष र सिरानचोक गाउँपालिकाका २९ बर्षिय पुरुषलाई घर पठाईएको जनाएको छ । तिनै जना पुरुषहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट सिआर रिर्पोट नेगेटिभ आएको र १४ दिन केन्द्रमा बसेकाले डिस्चार्ज गरिएको जनाएको छ ।
केन्द्र आजै अर्को सूचना जारी गर्दै हाल सम्म ५७ जनाले कोरोना जितेर घर फर्किएको जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट आएका ६० जना मध्ये आज सम्ममा पालुङटार नगरपालिका ७ को २ जना महिला सहित ८ जना पुरुष, भीमसेन थापा गाउँपालिका २ को ६ महिला र २४ पुरुष पनि कोरोना जितेर घर फर्कि सकेको सूचनामा भनिएको छ ।
त्यस्तै गरी गोरखा नगरपालिकाका ३ पुरुष, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकाका २/२ जना पुरुष, सहिद लखन गाउँपालिका ७ का ७ जना पुरुष र सिरानचोक गाउँपालिका ६ का ३ जना पुरुष गरी ८ जना महिला र ४९ जना पुरुषले अहिलेसम्म केन्द्रमा उपचार गरेर घर फर्किएको हो ।
अब केन्द्रमा जिल्ला भित्रको विभिन्न पालिकाका ३ जना संक्रमित रहेको छन् । उनीको स्वास्थ्य अवस्था स्थित रहेको पनि केन्द्रले सूचना मार्फत जानकारी गराएको छ ।


