गोरखा समाचारदाता
पर्सा – वीरगञ्जमा उपचारको क्रममा ज्यान गुमाएको १ बृद्वको कोरोना भाइरस संग मिल्दो जुल्दो लक्ष्ण देखिएको छ ।
आरडीटी रिपोर्ट पोजेटिभ आएका आदर्शनगरका ७५ वर्षीय वृद्धको आज विहान ज्यान गएको हो ।
मुटु रोगबाट पीडित बृद्धमा कोरोनाको जस्तो लक्षण देखिएपछि उपचारका लागि गण्डक अस्थायी कारोना विशेष अस्पतालमा हिजो (सनिवार) भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेको उनको आज विहान ज्यान गएको अस्पतालले पुष्टी गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्टेन्ड डा.मदन उपाध्यायका अनुसार ज्यान गुमाउने ब्यत्तिको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।
समुदाय स्तरमानै कोरोना भाइरसको संक्रमण बढन थालेपछि सनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।


