गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखाको सिर्दीबासमा बाढीले बगाएर बेपत्ता बनाएको कान्छा गुरुङ आज सम्म पनि फेला पर्न सकेको छैन ।
स्थानिय टिस्याङ खोलामा आएको बाढीले बगाउदा स्थानिय गुरुङ बेपत्ता भएका थिए ।
चुमनुब्री गाउँपालिका ३ सिर्दीबासको टिस्याङ खोला किनारको गोठमा बस्दै आएका ७६ बर्षिय गुरुङ्ग बेपत्ता भएको आज (आइतबार) ३ दिन भई सक्दा सम्म पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । ‘प्रहरी र स्थानिय जनता भए २ दिन देखी खोजी गरिरहेका छौ । तर उनको स्थिती अहिले सम्म पनि पत्ता लगाउन सकिएन’ गुरुङ भने ।
शुक्रबार राती आएको पानीले टिस्याङ खोलामा आएको बाढीले उनलाई बगाएको अनुमान गरिएको छ । शुक्रबार राती भएको उत्त घटना आइतबार बिहान मात्र सबैले थाहा पाएका थिए । घटनाको जानकारी पाउनासाथ सिर्दीबासको फिलिममा रहेको प्रहरी र स्थानियले उनलाई ब्यापक रुपमा खोजी गरि रहेको छ ।
टिस्याङ खोला बुढी गण्डकी नदीमा आएर मिसिने भएका बुढी गण्डकी नदीको किनारमा पनि स्थानिय र प्रहरीले खोजबिन गरिहेको फिलिम प्रहरीले जनाएको छ ।
यता चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले ‘आइतबार देखी लगातार प्रहरीको नेतृत्वमा स्थानिय मानिसहरुको समूह बनाएर खोजी भईरहेको’ बताए । ‘हामीले भरमजदुर प्रयास गरेका छौ । खोजी कार्यलाई अझै जारी राख्ने’ समेत उनले बताए ।
टिस्याङ खोला बिचमा र युवाङ र क्युवेर खोला छेउमा रहेकोले ३ वटै खोला मिसिए पछि बुढी गण्डकी नदीमा मिसिने भएकोले बुढी गण्डकी किनारमा समेत खोजी कार्य भई रहेको गाउँपालिकाले जनाएको छ ।
बेपत्ता गुरुङको गोठ नजिकै उनले प्रयोग गर्ने गरेको भाँडाकुडा र लत्ताकपडा मात्र फेला परेको सिर्दीबास प्रहरीले जनाएको छ ।


