गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखामा रहेको नौली खोला थुनिएको छ ।
धार्चे गाउँपालिका–७ लापुमा पर्ने नौली खोला गए राती आएको पहिरोका कारण थुनिएको हो ।
बुढी गण्डकी नदीको साहायक नदीको रुपमा रहेको उत्त खोला पहिरोले थुनिएको स्थानीयबासी सुर्य गुरुङ जानकारी दिए ।
पहिरोले नौनी खोला नदी पुरै ठप्प हुने गरी थुनिएको छ । नदी थुनिएपछि नौलीखोलाको तल्लो तटीय क्षेत्रसहित बुढीगण्डकी नदी किनारका बासिन्दालाई जोखिम बढेको छ ।
थुनिएको नौनी खोला एक्कासी पुट्ने अबस्था आए बाढीको सहत बढ्न सक्ने भएकाले सर्तक रहन स्थानीय प्रसासनले सवैलाई आग्रह गरेको छ ।























