गोरखा समाचारदाता
गोरखा – उत्तरी गोरखाको सिर्दीबासमा बाढीले बगाएर १ जना पुरुष बेपत्ता भएका छन् ।
स्थानिय टिस्याङ खोलामा आएको बाढीले बगाउदा स्थानिय कान्छा गुरुङ बेपत्ता भएका हुन् ।
चुमनुब्री गाउँपालिका ३ सिर्दीबासको टिस्याङ खोला किनारको गोठमा बस्दै आएका ७६ बर्षिय गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
रातको समयमा आएको पानीले ठाडो खोलामा बाढी आउदा गोठमा बसेका गुरुङलाई बगाएर बेपत्ता बनाएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गरुङले बताए । ‘राती ठुलो पानी परेछ । ठाडो खोलामा बाढी आउदा उनलाई बगाएको अनुमानमा स्थानियहरुले खोजविन गरिहेका छन्’ अध्यक्ष गुरुले भने ।
बेपत्ता गुरुङलाई खोजी गर्न बिहानैदेखि सिर्दीबासको फिलिममा रहेको प्रहरी टोली र स्थानिय खटिएका छन् । उनको गोठमा भाँडाकुडा र लत्ताकपडा मात्र फेला परेको सिर्दीबास प्रहरीले जनाएको छ ।


