गोरखा समाचारदाता
गोरखा – गोरखाको मनकामनामा खेतमा पानी लगाउन गएकी एक बृद्वा मृक्त फेला परेकी छिन् ।
जिल्लाको शहिद लखन गाउँपालिका ३ की ७२ बर्षिया कृण्णकुमारी आले मृत अवस्थामा फेला परेकी हुन् ।
बुधबार बिहान खेतमा पानी लगाउन गएकी आलेको हटियाँ भन्ने स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
हिजो (बुधबार) बिहान ८:३० बजे घरबाट खेतमा पानी लगाउन गएकी उनी राती अवेरसम्म पनि नफर्किए पछि परिवारले खोजविन गरेको र मनकामना प्रहरीमा खबर गरेका थिए । उनको आज बिहान मात्रै खोल्सीमा मृक्त अवस्थामा शव फेला परेको हो ।
टाउको पछाडी भागमा गहिरो चोट देखिएको उनलाई हत्या गरी फालिएको अनुमानमा प्रहरीले अनुसन्धान थालेको छ । अहिले जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी नायब उपरिक्ष सहितको टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।
उनको शवलाई पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी भईरहेको छ ।


