गोरखा समाचारदाता
काठमाण्डौं – चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट १ युवकको ज्यान गएको विषयमा नेपाली सेनाले आन्तरिक छानविन सुरु भएको जनाएको छ ।
नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो ।
सेनाले निकालेको उत्त विज्ञप्तीमा सकारी स्तरबाट हुने सबै छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ । नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कुटपिट पछि बिरामी परेको ति युवकको बिहीबार बिहान भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।
राप्ती नगरपालिका २ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै ज्यान गएको भन्दै परिवारले निश्पक्ष छानविनका लागि सरकार संग अनुरोध समेत गरेको छ ।



