गोरखा समाचारदाता
गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोका कारण ६९ घर विस्थापित भएका छन् ।
केहि दिनदेखि परेको अबिरल बर्षापछि आएको पहिरोका कारण उक्त संखयाका घर परिवार बिस्थाापित भएका हुन् ।
गाउँपालिकाको १ र २ बाहेकका वडामा रहेका घरहरु पहिरोका कारण ६९ विस्थापित भएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले बताए । लगातारको बर्षापछि आएको पहिरोका कारण वडा नम्बर ३ को चित्रे भन्ज्याङ, चिसापानी, काफल डाँडाका ४ घर परिवार, वडा नम्बर ४ को जौवारी, जेडाँडा र अर्चलेका लगायतका स्थानका १० घर परिवार पहिरोका कारण बिस्थापित भएको छ ।
त्यस्तै गरी वडा नम्बर ५ को पतेनाबारी र डुम्रेका ४ घर परिवार, वडा नम्बर ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नम्बर ७ को च्याजी पोखरी, डुम्रे र बालुवाका १८ घर परिवार समेत बिस्थापित भएको छ । वडा नम्बर ८ को तिनखण्डे, जराङबाट १९ घर परिवार पहिरोले बिस्थापित भएको गाउँपालिकाले जनाएको छ ।
पहिरोले पालिका भित्रका ६ वटा बिधालयमा समेत क्षती पु¥याएको छ । वडा नम्बर ६ ताकुकोटमा रहेको सूर्य ज्वोती माध्यामिक बिधालय र मनासलु आधारभूत बिधालयको भवनमा क्षती छ भने वडा नम्बर ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत बिधालय, हिमालय माध्यामिक बिधालयम, वडा नम्बर २ बारपाक स्थित कन्यादेवी आधारभूत बिधालय, वडा नम्बर ३ शिम्भुमा रहेको शिव आधारभूत बिधालयमा पनि पहिरोले क्षती पु¥याएको पालिकाले जनाएको छ ।


