गोरखा समाचारदाता
गोरखा – २ दिन पछि गोरखा खैरेनी सडक सञ्चालनमा आएको छ ।
लगातारको बर्षा संगै आएको पहिरोका कारण रोकिएको सडक खण्ड बुधबार साँझबाट मात्र सञ्चालनमा आएको हो ।
सोमबार राती देखी खसेको पहिरो बुधबार साँझ पन्छाए पछि मात्र गोरखा खैरेनी सडक खण्डमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले बताए ।
गोरखा खैरेनीको २४ किलोमिटर सडकखण्डमा दर्जनौ स–साना पहिरो र २ ठुलो पहिरोका साथै सडक कटान भएको थियो । कल्भटबाट पानीको निकास नपुगे पछि ११ किलो क्षेत्रको सडक खण्ड पानीले खोतलेको थियो भने ७ र ८ किलो क्षेत्रमा भिर माथिबाट आएको ठुलो पहिरोका कारण पहिरो पन्छाउन सकिएको थिएन ।
पहिरो पन्छाउनका लागि बुधबार बिहानै देखी गोरखा नगरपालिकाले मेशिन परिचालन गरे पछि भने साँझ पख देखी सवारी सुचारु भएको हो ।
ट्राफिक प्रहरी कार्यालय गोरखाले दिएको जानकारी अनुसार साना साना २० देखी २५ स्थानको पहिरो हटाइएको छ । बिहान ६ बजेदेखि अबरुद्ध सडकको पहिरो हटाउने काम भएको समेत कार्यालयले जनाएको छ ।
बर्षाका कारण स्याली बजारको मुखैमा ४ मिटर पिच सडक भाँसिएको छ ।
सडक सुचारु भए पछि साँझ देखी सबै प्रकारका सवारीहरु गोरखाबाट बाहिरीने र गोरखा आउने गरेका छन ।




















