गोरखा समाचारदाता
काठमाण्डौं – लकडाउन लगत्तैबाट बन्द भएको मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ ।
नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण चैत ७ गतेबाट रोकिएको मापासे जाँच साउन १४ गते बुधबारबाट नियमित रुपमा थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
चालकको अवस्था अनुसार मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइने महाशाखाले जनाएको छ ।
बुधबारबाटै सचेतना कक्षा पनि सुरु हुने छ ।


