गोरखा समाचारदाता
लमजुङ – लमजुङको मस्र्याङदी गाँउपालिकामा पहिरोले २७ घर पुरिएको छ ।
मस्यार्ङदी गाँउपालिका ३ को खुदीको पल्लो टारीबस्ती ठुलो पहिरोले २७ घर परिएको हो । घरहरु पुरिए पनि मानविय क्षति भने हुन पाएन ।
पहिरोको खतरा भएको भन्दै पुरै बस्तीलाई आजै बिहान सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको पाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
पहिरोमा परेर केही मानिस घाइते भएको अनुमान गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा अहिले नेपाल प्रहरी, नेपाली सेना र शसत्र प्रहरी उद्दारको लागि पुगि सकेको जानकारी प्राप्त भएको छ ।
विस्तृत विवरण भने आउनै बाँकी रहेको लमजुङ प्रहरीले जनाएको छ ।
फोटो नविन कुइकेलको फेसबुक पेजबाट कपी गरिएको




















