गोरखा समाचारदाता
धरान – धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका ३ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको हो । यो सहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
ज्यान गुमाउने ब्यक्तिलाई साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना भएको थियो ।




















