गोरखा समाचारदाता
काठमाण्डौं – नोवल कोरोना भाइरस (कोभिड–१९)बाट नेपालमा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमले आज थप १५० जनामा कोरोना संक्रमण भएको पुष्टी गर्दै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ पुगेको बताए ।




















