गोरखा समाचारदाता
गोरखा – कोरोना जितेर आज गोरखा अस्पतालबाट २ जना घर फर्किएको छ ।
गोरखा अस्पतालमा उपचाररत २ जनाको कोरोना रिर्पोट नेगेटिभ आए पछि उनीहरुलाई आज घर पठाईएको हो । गोरखा अस्पतालमा भर्ना भएका मध्ये अहिले सम्म ३३ जनालाई डिस्चार्ज भएको छ ।
गोरखा अस्पतालले मंगलबार सूचना जारी गर्दै जिल्लाको पालुङटार निवासी २ जनालाई घर पठाईएको जनाएको हो । अस्पतालले घर पठाएकाहरुमा पालुङटार नगरपालिका २ का ३९ बर्षिया महिला र ४० बर्षिय पुरुष रहेको छ ।
उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट पिसिआर रिर्पोट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको गोरखा अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले बताए ।
अब अस्पतालको आइसोलेशन कक्षमा १ जना महिला मात्र बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ । उनको पनि कोरोना रिर्पोट नेगेटिभ आईसकेकोले आउने शुक्रबार डिस्चार्ज गरिने भएको छ ।
गोरखा अस्पलतामा भर्ना भएका ३५ जना मध्ये १ जनाको ज्यान गएको हो । डिस्चार्ज भएका ३३ जना मध्ये ४ जना महिला २९ जना पुरुष रहेका छन् ।





















