गोरखा समाचारदाता
धादिङ – धादिङ र चितवन जोड्ने मौवा खोलापुलमा बाढीले क्षति पुरयाएको छ ।
आज आएको बाढीले पुललाई क्षति पुरयाए पछि संघिय राजधानी आउजाउ गर्ने मुख्य मार्ग नै अवरुद्व भएको छ ।
ठुलो पानी पछि आएको बाढीले दुई जिल्ला जोड्ने पुलको धादिङ तर्फको भागमा क्षति पुरयाए पछि पृथ्वी राजमार्ग भएर राजधानी जाने र राजधानीबाट बाहिरीने सवै सवारी साधान अवरुद्ध भएको छ ।
बाढीले खोला छेउका केही घर पनि बगाएको छ ।
त्यस्तै धादिङको फुर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
तस्वीर ः सन्तोष पौडेलको फेसबुक पेजबाट


