गोरखा समाचारदाता
धादिङ – धादिङको बेनीघाटमा पहिरो जाँदा ४ वटा गाडी पुरिएको छ भने ३ वटा गाडीलाई त्रिशूली नदीले बगाएको छ ।
रोराङ गाउँपालिकामा १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूलीले बगाएको हो ।
धादिङ प्रहरीले दिएको जानकारी अनुसार पहिरोले १ कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ भने २ वटा डिआई र एउटा मिनी ट्रक पहिरोले बगाएर त्रिशुली नदीमा पुरयाएको थियो । नदीमा पुगेको गाडी बगाएको छ ।
घटनामा कुनै पनि मानविय क्षति भने भएको छैन ।




















