गोरखा समाचारदाता
गोरखा – गोरखाको फुजेलमा पहिरोले पुरिएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा गण्डकी गाउँपालिका ४ फुजेल कौदीका ३६ बर्षिय लक्षीमाया गुरुङ हो ।
गोठमा बाख्रालाई घाँस हाल्न गएकी गुरुङलाई घरमाथि रहेको कच्ची सडकबाट आएको पहिरोले पुरेको थियो । उनी संगै गोठमा भएका मध्ये ९ वटा बाख्रा समेत मरेको स्थानिय सन्तोष गुरुङले बताए ।
तस्बिर : सन्तोष गुरुङ/फुजेल गोरखा
























