गोरखा समाचारदाता
पोखरा – गण्डकी प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नोबल कारोना भाइरस (कोभिड–१९)बाट आज ४ जिल्लाका १२ जनामा संक्रमण पुष्टी भएको हो । यो संगै अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१७ जना पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्की, स्याङजा, तनहुँ र लमजुङका १२ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
निर्देशनालयले बिहान ११ः३० बजे जारी गरेको सूचनामा तनहुँका २ जना, स्याङ्जा र लमजुङ १÷१ जना र कास्कीका ८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमितहरू २१ देखि ६० वर्ष उमेर समूहका छन् । संक्रमितमध्ये दुईजना महिला छन् ।
संक्रमितलाई सबै जिल्ला सदरमुकाममा रहेको आइसोलेसनमा पठाउने तयारी भई रहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा हाल क्वारेन्टिनमा १ हजार ८२४ जना बसिरहेको समेत निर्देशनालयले जनाएको छ ।



