गोरखा समाचारदाता
गोरखा – गोरखाको फुजेलमा पहिरोले पुरिएर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको गण्डकी गाउँपालिका ४ फुजेल कौदीमा पहिरो जादा ३६ बर्षिय लक्षीमाया गुरुङको ज्यान गएको हो ।
घर माथि रहेको कच्ची सडकबाट आएको पहिरोले पुरिएर गुरुङको ज्यान गएको स्थानिय गगनबहादुर गुरुङले टेलिफोन मार्फत जानकारी दिए ।
घरसंगै रहेको बाख्राको गोठमा घाँस हाल्न गएकी गुरुङलाई सडक माथिबाट आएको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बिहान करिब साढे ११:३० बजे भएको उत्त घटनामा ९ वटा बाख्रा समेत पहिरोले पुरिएर मरेको छ ।
पहिरोले सोही स्थानको अन्य ३ वटा घर समेत जोखिममा पारेको छ ।
घटनास्थल तर्फ प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक बासदुेव खतिवडाले बताए।
तस्बिर : सन्तोष गुरुङ/फुजेल गोरखा


