गोरखा समाचारदाता
मुग्लीन – मुग्लिङ नारायणगढ सडक खण्डमा पहिरो जादाँ अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थान नजिक पहिरो खस्दा सडक पुर्ण अवरुद्ध भएको हो ।
आज (सोमबार) बिहान ५ बजेतिर खसेको ठुलो पहिरोका कारण मुग्लीन हुदै नारायणगढ र नारायणगढ हुदै मुग्लीन तर्फ आउने सबैसवारी साधान रोकिएका छन् । सडक अवरुद्ध भए संगै नारायणगढ मुग्लिङ सडक आयोजनाले बैकल्पीक मार्ग प्रयोग गर्न भनेको छ ।
पहिरो खस्ने क्रम जारी रहेको र पहिरो हटाउन दिनभरी लाग्न सक्ने भन्दै आयोजनाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो । ४ किलो भन्ने स्थानमा यस अघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।
फाइल फोटो


