गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल सरकारले साहित्यकार झमक घिमिरेलाई घर हस्तान्तरण गरेको छ ।
घिमिरेको ४० औँ जन्मजयन्तीका उपलक्ष्यमा उनलाई सरकारले घर हस्तान्तरण गरिएको हो ।
१ करोड ८० लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त घर ३ तले छ । घिमिरेको सम्मानमा सरकारले ५ वर्षअघि घर निर्माण गर्ने घोषणा गरेको थियो ।
धनकुटा कचिडेकी घिमिरे जन्मिँदै मस्तिष्क रोग सेरेब्राल पाल्सीबाट पीडित हुन् । जसका कारण उनी बोल्न र हिँडडुल गर्न सक्दिनन् ।
उनले खुट्टाको सहायताले लेखेर संवाद गर्छिन् । उनका आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
उनले आत्मकथा ‘जीवन काँडा कि फूल’ का लागि केही वर्षअघि मदन पुरस्कार पाउएकी थिइन् ।


