गोरखा समाचारदाता
सप्तरी – सप्तरीमा कोरोनाबाट ज्यान गुमाएका परिवारका सबैजनामा कारोना संक्रमण देखिएको छ ।
जिल्लाको राजविराजका ७२ वर्षीय बृद्वको घरमा रहेका सबैमा कोरोना संक्रमण पुष्टी भएको हो ।
बिहीबार राति कोरोना संक्रमण पुष्टि भएका ति बृद्वको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ज्यान गएको थियो ।
ज्यान गएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको छ । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा लाने तयारी भइरहेको छ ।
उनीहरु २ साताअघि मात्र भारतबाट फर्किका थिए ।


