गोरखा समाचारदाता
काठमाण्डौं – सरकार र ब्यवसायी बिच सहमती भए पछि भोलीबाट सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएको छ ।
सवारी सञ्चालनका लागि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलीबाट यातायात सञ्चालन गर्न तयार भएको हो ।
व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु यातायातका साधन सञ्चालन गर्न तयार भएका हुन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालका अनुसार सार्वजनिक यातायात व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्न आफुहरु तयार भएको बताए ।
अहिले अन्तर जिल्ला यातायात सञ्चालन हुने छ । उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुने छ।
राजधानीमा केही दिन देखी साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायतका माइक्रो र टेम्पुहरु सेवा दिदै आएको छ ।
व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।


