गोरखा समाचारदाता
गोरखा – आईतबार बिहानै देखी अवरु गोरखा–खैरेनी सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
आज बिहान गएको पहिरो हटाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको हो ।
गोरखा नगरपालिका १२ को अवुवा क्षेत्रमा पहाड माथिबाट खसेको पहिरोले सडक अवरुद्वहुदाँ गोरखा जिल्ला भएर जाने र गोरखा आउने सबै सवारी साधानहरु बिच बाटोमा नै रोकिएको थियो । बिहानै देखी २ वटा मेशिनले पहिरो पन्छाउने काम भई रहेको र जाममा परेका सवारीलाई एकतर्फी रुपमा सञ्चालनमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्र लाल ढकालले बताए । ‘सडक पुरै खोल्दा दिनै भरी लाग्ने अवस्था देखिएकोले अहिले एकतर्फी बाटो खोलेर रोकिए सवारीलाई आउ जाउ गर्न दिने र पुनः पहिरो पन्छाउने काम गर्न लागेको’ उनले बताए ।
बिहान ७:१५ बजे गएको पहिरो पन्छाउन सडक कार्यालयको मेशिन र अर्को निजी मेशिनले काम गरिरहेको छ ।
आईतबार बिहानै परेको ठुलो पानीका कारण ईट्टाभटा छेवैमा रहेको खोल्सीबाट ठुलो पहिरो खसेको थियो ।


