गोरखा समाचारदाता
गोरखा – सदरमुकामको गोरखा क्याम्पसमा रहेको आइसोलेशनबाट आज ५ जना डिस्चार्ज भएका छन् ।
जिल्लाको विभिन्न पालिकाबाट कोरोना संक्रमण भएर उपचाररत ५ जनालाई डिस्चार्ज गरिएको हो । गोरखा क्याम्पसको आइसोलेशनबाट यो सहित ४६ जना उपचार पछि डिस्चार्ज भएको हो ।
डिस्चार्ज हुनेहरुमा गोरखा र पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकका संक्रमितहरु रहेको क्वारिन्टीन सहितको आइसोलेशन केन्द्र गोरखा क्याम्पसले जानकारी दिएको छ ।
आज डिस्जार्च भएर घरजानेहरुमा गोरखा नगरपालिका ७ को ५३ बर्षिय १ जना पुरुष, पालुङटार नगरपालिका ७ को २० र ४६ बर्षिया २ जना महिला र २३ बर्षका १ जना पुरुष र शहिद लखन गाउँपालिका ९ को ३५ बर्षका १ जना पुरुष सहित ५ जनालाई डिस्चार्ज गरिएको मेडिकल अधिकृत डा.कमलराज रोकाले जानकारी दिए ।
डिस्चार्ज गरिएका सबैलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंबाट पिसिआर रिर्पोट नेगेटिभ आए पछि घर पठाईएको डा.रोकाले बताए ।
अब गोरखा क्याम्पसको आइसोलेशनमा ६ जना संक्रमितले उपचार गराई रहेका छन् ।




