गोरखा समाचारदाता
प्युठान – प्युठानमा गएराति ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गुमाएका छन् ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका २ रुमालेमा ११ बजे भएको दुर्घटनामा परी ७ जनाले घटना स्थलमा नै ज्यान गुमाएका हुन् ।
लु. २ च ४२३४ नम्बरको ट्याक्टरमा ८ जना सवार रहेको प्युठान गएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा सवार १ जना भने बाँच्न सफल भएका छन् । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ ।
स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको ज्यान गएको प्रहरी जनाएको छ ।
दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिकाका चालक कमल कुँवर, रुन्टीगढी ५ का सागर बस्नेत, रिम बहादुर बस्नेत, बीरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोवर्द्धन बुढामगर, कबिराम बस्नेतले ज्यान गुएका छन् ।


