गोरखा समाचारदाता
गोरखा – गोरखाको अवुवामा पहिरो जादाँ गोरखा–खैरेनी सडक खण्ड अवरुद्व भएको छ ।
बिहान पख गएको पहिरोका कारण उत्त सडक खण्ड अवरुद्व भएको हो ।
गोरखा नगरपालिका १२ को अवुवा क्षेत्रमा पहाड माथिबाट खसेको पहिरोले सडक अवरुद्वहुदाँ गोरखा जिल्ला भएर जाने र गोरखा आउने सबै सवारी साधानहरु बिच बाटोमा नै रोएिको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्र लाल ढकालले बताए । ‘ सडक देखी ७०÷८० मिटर माथिबाट ठुलो पहिरो गएको र अहिले दुवै तर्फबाट पहिरो पन्छाउने काम भई रहेको’ उनले बताए ।
अबुवाबाट गोरखा तर्फ आउनेमा सडक कार्यालयको मेशिन र गोरखाबाट खैरेनी तर्फजानेमा निजी मेशिनले पहिरो पन्छाउने काम भई रहेको छ । पहिरो पन्छाउन २÷४ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।
आईतबार बिहानै परेको ठुलो पानीका कारण ईट्टाभटा छेवैमा रहेको खोल्सीबाट ठुलो पहिरो खसेको थियो । बिहान ७:१५ बजे खसेको पहिरोका कारण गोरखा बजार तर्फ आउदै गरेको र गोरखाबाट तनहुँ तर्फ जादै गरेको सबै सवारी सडकमा नै अपलत्र परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पहिरो जादाँ बिरामी बोकेर गएको एम्बुलेन्स समेत अलपत्र परेको छ ।



