गोरखा समाचारदाता
गोरखा – लायन्स र लियो क्लबले आज सदरमुकाममा बृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
सदरमुकामको पश्चिमकाली क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
लायन्स क्लब अफ गोरखा, लान्यस क्लब अफ गोरखा कालिका र लियोक्लब अफ गोरखाले संयुक्त रुपमा गोरखा नगरपालिका ५ को पश्चिमकाली मन्दिर परिषरमा बृक्षारोपण गरेको छ ।
बृक्षारोपण कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले लिचीको बेर्ना रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । कार्यक्रममा ३ वटै क्लबका पदाधिकारी तथा सदस्यहरुले कपुर, लिची, गुलमोहर, तेजपात, पारीजातको फुलहरुको बेर्नाका साथै अन्य बृक्षहरु लगाएका थिए ।


