गोरखा समाचारदाता
गोरखा – सांसद हरिराज अधिकारीले जिल्लाको स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तरर्गत बनेको आयोजनाहरुको अबलोकन गरेका छन् ।
गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका साँसद अधिकारीले जिल्लाको गण्डकी गाउँपालिकामा निर्माण भएको सामुदायिक भवनको अबलोकन गरेका हुन् ।
पालिकाका सर्व साधारणसंगको भेटघाटका लागि पुगेका सांसद अधिकारीले चेपाङ महिला समुदायका लागि निर्माण गरिएको सामुदायिक भवनको स्थलगत अबलोकन गरेको छ । सांसद अधिकारीले साँसद बिकास कोष मार्फत उक्त भवनका लागि १० लाख रुपैयाँ उपलब्ध गराएका थिए ।
गण्डकी गाउँपालिका २ को भलायो डाँडामा निर्माण भएको उत्त भवनले स्थानिय महिलाहरुलाई बैठक, भेला र अन्य कार्यक्रम गर्न सजिलो हुने अपेक्षा ब्यत्त गरे । उनले नयाँ आर्थिक बर्ष सूरु भएसंगै बिकास निर्माणको लागि नयाँ बजेट आइसकेकाले अब आफ्नो क्षेत्र र समुदायमा आएको बिकास निर्माणको काममा जनताले निगरानी बढाउनु पर्नेमा जोड दिए ।
सांसद अधिकारीले बजेट मार्फत प्राप्त रकम सहि ठाउँमा खर्च भए नभएको अनुगमनको काम नागरिक स्तरबाट समेत हुनुपर्नेमा जोड दिए ।


