गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट शनिबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उत्त संख्यामा कोरोना संक्रमित थपिएको पुष्टी भएको हो । यो सहित अब नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५०२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार ३ हजार ३३१ वटा पीसीआर परीक्षणमा ५७ जनामा पोजेटिभ देखिएको बताए ।
डा.गौतमले पत्रकार सम्मेलनमा आज सम्म देशका विभिन्न अस्पतालका आइसोलेसनहरुमा ५ हजार ८२५ जना संक्रमितहरुको उपचार भइरहेका जानकारी गराए । उनका अनुसार प्रदेश नम्बर १ मा ७९, प्रदेश नम्बर २ मा १ हजार ८४४, बागमती प्रदेशमा ४११ र गण्डकी प्रदेशमा ४०८ जना, प्रदेश नम्बर ५ मा ४१४, कर्णाली प्रदेशमा ३१७ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३५२ जना संक्रमितहरुको उपचार भई रहेको छ ।
संक्रमितहरु मध्ये आज सम्म ११ हजार ६३७ जनाले सफल उपचार पाएर घर फर्किएको छ ।
अहिलेसम्म पीसीआर विधिबाट ३ लाख ११ हजार ८२९ जनाको कोरोना परीक्षण भएको छ । देशभरी २३ हजार २७५ जना क्वारिन्टीनमा रहेका छन् ।


