गोरखा समाचारदाता
पर्वत – जिल्लाको एक क्वारिन्टीनमा बसेका ब्यक्तिको ज्यान गएको छ ।
पैयुँ गाउँपालिका ६ का ५२ वर्षीय एक पुरुषको ज्यान गएको हो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टिममा पठाइएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा आज ज्यान गएको हो ।
क्वारिन्टीनमा बसेको उनको श्वासप्रश्वासमा समस्या आएपछि बेहोस भएको र उपचारको लागि अस्पताल लगिएको थियो । असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।
त्यसपछि उनलाई दुई साताका लागि पैयुँ गापा ४ स्थित जनसेवा संस्कृत माविको क्वारिन्टीनमा राखिएको थियो । उनी उच्च रक्तचापको विरामी समेत रहेको उनको पारिवारीक श्रोतले जानकारी दिएको छ ।




















