गोरखा समाचारदाता
गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी गरेको छ ।
गोरखा सदरमुकाम वरपरको क्षेत्रमा रहेको गाँजा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र गोरखाको साझेदारीमा नगरपालिका ८ को खत्री गाउँ क्षेत्रमा रहेको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत जिल्लाभर गाँजा फडानीको अभियानलाई तिव्र पारीएको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुले बताए ।
प्रहरीले आज २ रोपनी क्षेत्रफलमा रहेको गाँजा फडानी गरेको छ । उत्त क्षेत्रमा रहेको करिब ६०० भन्दा बढि बयस्क गाँजाको बोट फडानी गरीएको थियो । फडानी गरिएका सबै गाँजाको बोटहरु प्रहरी कार्यालयको परिषरमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।


