गोरखा समाचारदाता
काठमाण्डौं – मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमाथि खुकुरी प्रहार भएको छ ।
गाउँपालिका कार्यालयमा आज (शुक्रबार) कर ठेक्काको विषयमा विवाद हुँदा अध्यक्षमाथि खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते रोहित कार्कीलाई नोबेल अस्पताल विराटनगरमा उपचार भई रहेको छ । खुकुरी प्रहार गर्ने स्थानीय भवन ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ जनाएको छ ।
पटके करको ठेक्का नदिएको भन्दै उनले अध्यक्ष ठकुरीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । अघिल्लो बर्षको कर उठाउने ठेक्का ठकुरीले पाएका थिए । यो वर्ष गाँउपालिका आफैंले कर उठाउने निर्णय गरेको थियो ।




















