गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केही समयका लागि स्थगित भएको छ । स्थगित बैठक आजै दिउसो ३ बजे बस्ने भएको हो ।
बैठक विहान ११ बजेका लागि बोलाइएको भएता पनि अधिकांश स्थायी कमिटी सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि बैठक केही समयका लागि स्थगित गरीएको छ ।




















