गोरखा समाचारदाता
गोरखा – गोरखाको श्याम बजारमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन् ।
गोरखा नगरपालिका १ को श्याम बजारमा आज (बिहिबार) दिउसो दुर्घटना हुदा मोटरसाईलमा सवार २ जना घाईते भएका हुन् । दुवैलाई गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन लगिएको छ ।
गोरखाको आरुघाटबाट गोरखा बजार तर्फ आउदै गरेको बा.५५प ५७८७ मोटरसाईकल दुर्घटना हुदा बारपाक सुलिकोट ५ निवासी चालक २१ को बिशाल परियार गंभिर घाईते भएको छ । त्यस्तै गरी सोही मोटरसाईकलमा सवार गोरखा नगरपालिका १ श्यामबजार बस्ने २७ बर्षिय बावुदिन मियाँ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाईते मध्ये चालक परियारलाई टाउको, अनुहार तथा शरिरको विभिन्न भागमा गहिरो चोट लागेको र अर्का घाईते मियाँलाई शरिरको विभिन्न भागमा गंभिर चोट पटक देखिएकोले उनीहरुको गोरखा अस्पतालमा सामान्य उपचार पछि चितवन पठाईएको छ ।
दिउसो ३:१५ बजे भएको उत्त दुर्घटना गोरखा आरुघाट सडक खण्डको श्याम बजारमा रहेको मोडमा मोटरसाईकल तिब्र गतिमा रहेको र मोडमा आएर सडकको छेउमा राखेको फलामे बारमा ठोकिएको थियो । गति नियन्त्रणमा लिन नसके पछि बारमा ठोकिएका उनीहरु बायाँ तर्फ रहेको नालामा खसेका थिए ।
दुर्घटना भएको मोटरसाईकल पुर्णरुपमा क्षती भएको समेत ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




















