गोरखा समाचारदाता
काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु पार्टी भित्रको आन्तरिक विवाद टुंगो लगाउन बसेको छलफल बिना निष्कर्ष टुगिएको छ ।
छलफलमा बसेका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी ओली तथा अर्का बरिष्ठ नेता माधवकुमार नेपाल र विण्णु पौडेलले निष्कर्ष निकाल्न असफल भए पछि त्यसै टुंगिएको हो।
अध्यक्ष दाहाल र नेपालले बालुवाटारमा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पछि छलफल अघि बढन नसकेको हो । बालुवाटार जानुपहिला नेपालसहित ६ जना सचिवालय सदस्य प्रचण्ड निवास खुमालटारमा भेला भएका थिए ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पार्टी अध्यक्षसहित दुबै पदबाट राजीनामा माग भएपछि जारी विवाद अहिलेसम्म सुल्झिएको छैन् । दुई अध्यक्षबीच यस विषयमा थुप्रै पटक भएका छलफलमा दुबै आ–आफ्नो अडानमा अडिग रहेपछि विवाद मिल्न नसकेको हो ।


