गोरखा समाचारदाता
काठमाण्डौं – सरकार र ‘इनफ इज इनफ’ समूह बिच भएको सहमति बमोजिम कार्य नगरेको भन्दै आज प्रदर्शन गरेका छन् ।
‘इनफ इज इनफ’ अभियन्ताको समूह र सरकारबीच १२ बुँदे सहमति भएको साता दिन बितिसक्दा पनि सरकारले सहमतिका बुदा कार्यान्वन नगरेको भन्दै युवाहरुले ललितपुरको पुल्चोकस्थीत मन्त्रीक्वाटर अगाडी प्रदर्शन गरेका हुन् ।
विभिन्न माग राखेर ‘इनफ इज इनफ’ अभियन्ता इशान अधिकारी इ सहितका युवाहरू अनशन समेत बसेका थिए । सरकारसँग १२ बुँदे समझदारी भएपछि उनीहरूले अघिल्लो मंगलबार अनशन तोडेका थिए ।
स्वतस्फूर्त रुपमा सडकमा निस्केका युवाहरुले कोरोना परीक्षणका लागि पिसिआर परीक्षण बढाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले आफुहरुसंग गरेको सहमति कार्यान्वयन नगरे पुन कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।




















