गोरखा समाचारदाता
सिन्धुपाल्चोक – जिल्लाको भोटेकोशी गाउँपालिकाको फुल्पिङकट्टीमा पहिरोमा परेर ५ महिला बेपत्ता भएका छन् ।
हिजो (बुधबार) राती घर माथिबाट आएको पहिराले २ वटा घर पुरिएको छ भने ५ महिला बेपत्ता भएका हुन् ।
भोटेकोशी गाउँपालिका ४ को फुल्पिङकट्टीमा घर माथिबाट आएको पहिरोमा २ घरका ५ महिला बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । प्रहरी घटनास्थल तर्फ जादै गरेका छन् ।
पहिरोले विद्यालयमा पनि क्षति पुर्याएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




















