गोरखा समाचारदाता
गोरखा – नेपाल पत्रकार महासंघ गोरखा शाखाले जिल्ला भित्रका क्रियाशिल पत्रकारहरुलाई सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई लिएर भएको अर्नगल प्रचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले आज (मंगलबार) एक प्रेस बिज्ञप्ती जारी गर्दै कोभिड–१९ को संक्रमणका बेला समाचार संकलन र प्रकाशनका लागि गरिएको कार्यक्रमबाट ५० प्रतिसत सहयोगमा सञ्चार सामाग्री बितरण गरिएको बिषयलाई तोडमोड गरि सामाचार सार्वजनिक भएको भन्दै आपत्ती जनाएको हो ।
‘शाखामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिबृद्धिको पक्षमा काम गर्ने, पेशागत हकहित र सुरक्षाका पक्षमा वकालत गर्ने कार्य छाता संगठनको दायित्व र कर्तब्य भएको भन्दै क्षमता अभिबृद्धिका लागि सञ्चालन गरिएको कार्यक्रमको अर्नगल प्रचार गर्नु सिङ्गो पत्रकारहरुको छाता संस्थालाई प्रभाव पार्ने र बदनाम गर्ने प्रयास भएको भन्दै बिज्ञप्ती मार्फत आपत्ती जनाएको छ ।
महासंघले ल्याएको कार्यक्रम कहाँ कसरी खर्च गर्ने भन्ने महासंघले निर्णय गर्न सक्ने भएकाले अनाबश्यक टिकाटिप्पणी गर्दै महासंघको बदमान गराउने नियतले केही सञ्चार माध्याममा समाचार प्रकाशन गरीएको प्रति समेत आपत्ती जनाईएको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘पत्रकारहरुको छाता संस्थाको निर्णयलाई बङ्ग्याएर अनर्गल प्रचार गर्ने, स्थानीय तहको कार्यक्रम नरहेको विषयलाई तोडमोड गरेर पत्रकारहरुको छाता संंस्था र जनप्रतिनिधिको मान मर्दन हुने गरि पेशागत मर्यादा बिपरित अनर्गल प्रचार भएको प्रति जिल्ला शाखाको गम्भिर ध्यानाकर्षण भएको’ भनिएको छ ।
बिज्ञप्तीमा स्थानीय सरकारसँग सहकार्य गर्नु छाता संस्थाको कर्तब्य भएको र निरन्तर खबरदारी गर्नु सञ्चारकर्मीको दायित्व भएको उल्लेख गरिएको गर्दै पत्रकारिताको न्युनतम मूल्य मान्यता बिपरित क्रियाकलाप नर्गन र त्यस्ता क्रियाकलापलाई साथ नदिन पनि जिल्लाको सबै स्थानीय तह, सरकारी तथा गैह्रसरकारी निकायलाई अनुरोध गरिएको छ ।
महासंघले यस्ता खालका भ्रामक समाचारको पछि नलाग्न संम्बद्ध सबै पक्षमा अनुरोध समेत गरेको छ ।



