गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना संक्रमणबाट मंगलबार थप ११६ जनामा कोरोना संक्रमित भएका छन् ।
देशको विभिन्न प्रयोशालामा गरिएको परिक्षणमा थप ११६ जनामा संक्रमण पुष्टी भएको हो । अब यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा जानकारी दिदै मन्त्रालयका प्रबत्ता डा.जागेश्वर गौतमका अनुसार आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको बताए ।
पत्रकार सम्मेलनमा नै प्रबत्ता डा.गौतमले आज सम्म देश भरको आइसोलेशनमा ६ हजार ६९५ जना संक्रमित रहेका छन् ।
आजसम्म देशैभरीको आइसोलेशन कक्षबाट १० हजार ३२८ जना डिस्चार्ज भएको छ ।




















