एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मास्क लगाउन थालेका छन् ।
मास्क प्रयोगको विरोध गर्दै आएका उनले वासिङ्गटनको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा मास्क लगाएका हुन् ।
कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा उनले आफूलाई प्रस्तुत गर्दै आएका थिए । अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले पहिलो पटक सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् ।
मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले मास्क लगाउनु उत्कृष्ट कुरा भएको प्रतिक्रिया पनि दिएका छन् । आफु कहिले मास्कको विपक्षमा नभएको तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास राख्ने उनको भनाइ छ । यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए ।


