गोरखा समाचारदाता
काठमाण्डौं – अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बलिडड अभिनेता द्वय बच्चनलाई कोरोना पोजिटिभ भएपछि सनिबार राति नै मुम्बईस्थित नानावती अस्पताल भर्ना गरिएको छ ।
अमिताभ बच्चनले आफुलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी दिएका छन् । उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका हुन् ।
अमिताभले पछिल्लो १० दिनमा आफूसँग सम्र्पकमा रहेका सबैलाई कोरोना परीक्षण गर्न समेत आग्रह गरेका छन् ।
अमिताभकी पत्नी जया बच्चन र अभिषेककी पत्नी एवं अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट भने आज आउने छ ।


