गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेशको विभिन्न जिल्लामा सनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गण्डकी प्रदेशको ५ जिल्लामा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको हो । यो संगै अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १७६ जना पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती जारी गर्दै तनहुँ, म्याग्दी, स्याङजा, बागलुङ र कास्कीमा गरी १४ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ ।
संक्रमणहुनेमा तनहुँको ब्यास र शुक्ला गण्डकीमा १/१ जना र बन्दीपुरमा २, म्याग्दीको रघु गंगा र अन्नपुर्णमा १/१ जना, स्याङजाको चापाकोट, वालिङ र कालिगण्डकीमा १/१ जना, बागलुङको बडी गाडमा १ जना र गल्कोटमा २ जना र कास्कीको पोखरा महानगरपालिकामा २ जनामा गरी १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित सबै जना पुरुष रहेको पनि निर्देशनालयले जनाएको छ । सबैलाई जिल्ला सदरमुकाममा रहेको आइसोलेशनमा लैजाने तयारी भई रहेको छ ।





















