गोरखा समाचारदाता
गोरखा – दारी ग्याङ गोरखाले १ लाख भन्दा बढी रकम क्यान्सर पिडित महिलालाई प्रदान गरेको छ ।
गोरखा बजारमा डेरा गरी बस्दै आएकी क्यान्सर पिडित उसलबानी खातुनलाई उत्त रकम प्रदान गरिएको हो ।
दारी ग्याङ गोरखाले खातुनको उपचारमा पैसा अभाव भएको भन्दै फेसवुक अभियान सञ्चालन गरेको थियो । अभियानमा स्वदेश तथा विदेशमा रहेको नेपालीहरुबाट संकलित १ लाख ८५९ रुपैयाँ आज (सनिबार) पिडितलाई प्रदान गरिएको दारी ग्याङ गोरखाका अध्यक्ष राजेन्द्र न्यौपानले बताए । ‘पैसा अभाव भएर खातुनको उपचार गर्न समस्या परेको भन्ने थाहा पाएर फेसबुक अभियान मार्फत पैसा संकलन गरेर हस्तान्तरण गरेका हौ’ अध्यक्ष न्यौपानेले बताए ।
बारा जिल्ला घर भएका खातुन केही बर्ष देखी गोरखा सदरमुकामको नयाँबजार क्षेत्रमा ब्यापार गर्दै बस्दै आएकी थिईन । उनलाई पित्त थैलीमा क्यान्सर भए पछि पैसा अभावमा उनका पतिले डेरामा नै त्यसै राख्दै आएका छन् ।
दारी ग्याङले फेसबुक अभियान मार्फत जापानमा बस्ने गोरर्खालीहरुले ४७ हजार युवान अर्थात ५० हजार ६५० रुपैयाँ नेपाली र कतार र दुवैमा बस्ने नेपालीहरुले पनि सहयोग उपलब्ध गराएको दारी ग्याङ गोरखाले जनाएको छ ।
अभियानमा जोडिएका सबैबाट संकलित रकम उनका पतिलाई हस्तान्तरण गरिएको छ । खातुनका स्थानियहरु र संघ संस्थाबाट गरि हाल सम्म ३ लाख १३ हजार ६८० रुपैयाँ संकलन भई सकेको स्थानिय अभियान्ता कल्पना श्रेष्ठले बताईन ।



