गोेरखा समाचारदाता
म्याग्दी – म्याग्दीको विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण ३२ जना सम्पर्कविहीन भएका छन् ।
धौलागिरि, मालिका र मंगला गाउँपालिका लगायतका क्षेत्रमा बाढी पहिरो जाँदा ३२ जना सम्र्पक बिहिन भएका हुन् ।
मालिका गाँउपालिकामा ८ जना बेपत्ता भएका छन् भने धौलागिरीको मराङमा २२ जना र ताकमा २ जना बेपत्ता भएका छन् ।
पहिरोमा बेपत्ताको स्थानीय र प्रहरीले ब्यापक रुपमा खोजी गरिराखेको छ । जिल्लाका अन्य स्थानमा पनि बाढी र पहिरोले क्षति पुर्याएकोले क्षतिको पुर्ण विवरण भने आउन बाँकी रहेको म्याग्दी प्रहरीले जनाएको छ ।


