एजेन्सी – भारतमा १ जना डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने विकास दुवेको प्रहरी कारबाहीमा ज्यान गएको छ ।
भारत.मा गुुण्डा नाइकेको रुपमा चिनिएको दुवेले प्रहरीको हतियार खोसेर भाग्न खोजे पछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी गरेको हो ।
प्रहरीले पक्राउ गरेर लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी कारवाहीमा दुबे ज्यान गएको छ ।
भारती सरकारले ५० हजार पुरस्कार राखेको दुवेको बिरुद्व ३ दर्जन भन्दा बढी अपराधको मुद्वा दर्ता भएको भारतीय प्रहरीले जनाएको छ ।




















