गोरखा समाचारदाता
गोरखा – गोरखामा १ जना युवकमा कोरोना संक्रमण पुष्टी भएको छ ।
जिल्लाको सिराचोक गाउँपालिकाका २९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै गोरखा जिल्लामा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
हिजो मात्रै जिल्लाको आरुघाट र भीमसेन थापा गाउँपालिका १ जना पुरुष १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
संक्रमित ब्यक्ति सिरानचोक गाउँपालिका ६ युवक रहेको पुष्टी भएको छ । संक्रमित ब्यक्ति भारतबाट फर्किएर असार ८ गते सिरानचोक गाउँपालिकाको ८ मा रहेको चित्रेपोखरी मावि छोप्राकको क्वारिन्टीनमा बस्दै आएको छ ।
उनलाई गोरखा सदरमुकाममा रहेको आइसोलेशन कक्षमा ल्याउने तयारी भई रहेको गाउँपालिकाले जनाएको छ ।





















