गोरखा समाचारदाता
काठमाण्डौं – आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ परेको छ ।
क्षेत्रीले आफु अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा भ्रष्ट्राचार भएको भन्दै ४ करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् ।
उनलाई २१ जेठ २०७६ जेष्ठ २१ गते ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा पनि प्रहरीले पक्राउ गरेको थियो ।


